६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कर्णाली प्रदेशमा ४ महिने शिशुसहित थप १६ जनामा काेराेना संक्रमण पुष्टि

२१ जेठ, काठमाडाैँ । कर्णाली प्रदेशमा ४ महिने शिशुसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज थप १६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सल्यानका २, दैलेखका ६ र कालिकोटका ८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये कालिकोट महावै गाउँपालिका ४ का चारमहिने शिशु पनि छन्। अन्य संक्रमित ४२ वर्ष उमेर समूहका रहेका छन्। प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : June 3, 2020 at 2:55 pm