सप्तरीमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते, ८ राउण्ड हवाई फायर
२१ जेठ, सप्तरी । बुधबार बिहान सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउण्ड हवाई गरेकाे छ ।

जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको थियाे । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकाे छ । अहिले स्थिति सामान्य भइसकेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : June 3, 2020 at 12:20 pm





