७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

जुम्लामा ३ दिनकाे लागि निषेधाज्ञा जारी

२१ जेठ, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ ।कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै प्रशासनले रोकथाम तथा नियन्त्रण गर्न बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।


सम्भावित उच्च संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै संक्रमण जोखिम न्यूनिकरण, रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको जुम्लाका सिडिओ भूपेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : June 3, 2020 at 11:53 am