समर्थक नपाएपछि गोविन्द केसीको अनसन दुई दिनमा सीमित
२० जेठ दार्चुला । कांग्रेस र माफियाको चंगुलमा परेर कम्युनिस्ट नै समाप्त पार्ने उद्घोषसहित विगतमा अनसन बस्दै आएका डा गोविन्द केसी यसपटक दुई दिनमा सीमित हुने भएका छन । पछिल्लो अनसन बद्नाम भएर स्खलित बनेपछि उनका समर्थकहरू शिथिल देखिएका छन । उनीहरूबाट त्यती उत्साह समेत नपाएपछि उनले पहिलो पटक दुई दिनमै अनसन समाप्त पार्दैछन ।
लकडाउनका कारण केसीको नाममा सडकमा गएर नाराबाजी गर्ने मान्छे नपाएपछि उनी दुइ दिन चकटीमा बसेर अनसन पूरा गर्दैछन ।मंगलबार विहान १० बजेबाट दार्चुलामा गएर अनसन सुरू गरेका केसीले व्यानर बनाएर तीन वटा माग अघि उल्लेख गरेका छन । यस्ता छन् केसीका माग

१। दार्चुला तथा अन्य सीमा क्षेत्रका लगायत देशभरीका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्।
२। भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गरियोस्।
३। गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस्। साथै विगतका सत्याग्रहका मागहरु पुरा गर्न र हामी सित अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस्।
प्रकाशित मिति : June 2, 2020 at 7:36 pm





