७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

थापाथलीमा उपचार गराइरहेकी धादिङकी गर्भवती महिलामा काेराेना संक्रमण

२० जेठ, काठमाडाैँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा उपचाररत २२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङ स्थायी ठेगाना भएकी उनी ३८ हप्ताको गर्भवती रहेको अस्पतालले जनाएको छ । ६ दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएकी उनलाई कोरोना पुष्टि भएको हो ।

गर्भवतीको सम्पर्कमा आएका चिकित्सक,नर्सलगायत स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएकाे छ । ती महिलालाई कोभिड अस्पताल पठाउने की यही उपचार गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : June 2, 2020 at 4:45 pm