७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २६२ पुग्याे

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।  प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये सुर्खेतका ११ जना तथा सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ ।

संक्रमितहरू वीरेन्द्रनगर नगरपालिका-१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् ।  यस्तै सल्यानको दार्मा गाउँपालिका-१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् । यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ । याेसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।

प्रकाशित मिति : June 2, 2020 at 1:06 pm