२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

थप १३ जनामा कोरोनाकाे संक्रमण, संक्रमितकाे संख्या १८११ पुग्यो

१९ जेठ, काठमाडाैँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८११ पुगेको छ। मन्त्रालले आज साँझ विवरण अद्यावधिक गर्दै संक्रमितको संख्या १८११ पुगेको जनाएको छ। दिउँसो चार बजेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयले पछिल्लो २४ घण्टामा २२६ नयाँ संक्रमित थपिएर संक्रमितको संख्या एक हजार ७९८ रहेको जनाएको थियो।

साँझ ६ : १५ बजे विवरण अद्यावधिक गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १३ जना संक्रमित थपिएको बताएका छन्। सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

प्रकाशित मिति : June 1, 2020 at 6:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/