२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

२२६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १७९८ पुग्याे

१९ जेठ, काठमाडौँ । साेमबार एकैदिन २२६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार साेमबार थप २२६ जनामा संक्रमण देखिएको छ । जसमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

संक्रमितहरूमा झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जना रहेका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७९८ पुगेकाे छ । जसमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : June 1, 2020 at 4:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/