प्रदेश २ थप ८२ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६९५ पुग्याे
१९ जेठ, काठमाडाैँ । सोमबार प्रदेश २ मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार सोमबार धनुषामा ७ जना, सप्तरीमा १२ जना, सिरहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३८ जना र रौतहटमा १८ जना नयाँ संक्रमित थपिएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएकाे परीक्षणमा सप्तरीको राजगढ गाउपालिकाका १२ जना पुरुष संक्रमित भएका हुन् । यस्तै काठमाडौँको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सिरहाकाे सुर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाइनमा रहेका ५ जना पुरुष मा संक्रमण देखिएकाे हाे ।

धनुषाको धनौजी शंकर मावि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ पुरुषहरु संक्रमित भएका छन् । त्यसैगरी महोत्तरीकाे लोहरपट्टी नगरपालिकाका २ जना पुरुष संक्रमित भएका छन् ।
यस्तै सर्लाहीको जनता मावि अगरवा क्वारेन्टाइनमा रहेका ३२ जना, कविलासी नगरपालिकामा ४ जना र हरिपुर नगरपालिकामा २ जना संक्रमित भएका हुन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणको नतिजा अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिकाका १४ जना र यमुनामाई गााउपालिका क्वारेन्टाइनका ४ जना संक्रमितत भएका देखिएका छन् । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ६९५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : June 1, 2020 at 4:05 pm





