७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कर्णालीमा थपिए ३२ जना काेराेना संक्रमित

१९ जेठ, सुर्खेत । सोमबार कर्णाली प्रदेशमा ३२ जनामा काेराेना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका ५ जना रहेका छन् ।

दैलेखकाे नारायण नगरपालिका १, ३, ४, ५, ८ र १० का १६ जना, सल्यान बनगाड कुपिण्डे नगरपालिकाका  १, ३, ५, ६, र ७ का १० जना, महावु गाउँपालिका-३ का १ जना, सुर्खेतको बराहताल गाउँपालिका १ र १० का ५ पुरुष रहेका छन् । याेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ । यसअघि आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट २ जना प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : June 1, 2020 at 1:09 pm