बाँके दुर्घटना अपडेटः घाइतेहरुकाे पहिचान खुल्याे
१९ जेठ, बाँके । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ठुरिया जंगलमा हाइस गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकि राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा १२ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

घाइतेहरुमा दाङकाे धना गाउँपालिका ४ का ४५ बर्षिया मेघराज केसी, राेल्पाकाे त्रिबेणी गाउँपालिका ७ का १७ बर्षिया सुनिल परियार ऐ का २० बर्षिया बिरेन्द्र परियार, ऐ का १८ बर्षिया पुरन परियार दाङकाे तुलसीपुर उपमहानगरपालिकाका ३९ बर्षिया विष्णु गिरी, सल्यानकाे सारदा गाउँपालिका ६ का टीका चलाउने, दाङकाे राजपुर गाउँपालिका ६ का २० बर्षिय दिपेश चाैधरी, दाङ जिल्लाकाे तुलसीपुर उपमहानगरपालिकाका २ का २३ बर्षिय रुपलाल केसी, राेल्पाकाे कुरैति गाउँपालिका २ का ५२ बर्षिया नर ब. बिक रहेका छन् ।
यस्तै दाङकाे राजपुर गाउँपालिका २ का २१ बर्षिया जीवन घर्ती, राेल्पाकाे टुटु ८ का ४० बर्षिया दिल ब. बिक, सल्यानकाे कुपिण्डेदह गाउँपालिकाका २० बर्षिय मिनराज बिक, सल्यानकाे सिद्धकुमाख गाएपालिका ५ का तेज ब. बुढाथाेकी, सल्यानका १८ बर्षिया धन ब. बाेहरा, सल्यानकै सिद्धकुमाख गाउँपालिका ४ का २८ बर्षिया लाेकेश घर्ती, सल्यानका ५२ बर्षिया दिप ब. बुढा, दाङका २० बर्षिया भरत थापा, सल्यानका शिव भण्डारी, सल्यानकाे सिद्धकुमाख गाउँपालिका ५ का २६ बर्षिया निम ब. बादी, ऐ का १८ बर्षिया देबेन्द्र बुढाथाेकी, ऐ का १७ बर्षिया ज्ञान ब. बाेहरा रहेकाे
प्रकाशित मिति : June 1, 2020 at 12:31 pm





