७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

मारवाडी सेवा समितिद्वारा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निशुल्क वितरण

१८ जेठ, काठमाडाैँ । मारवाडी सेवा समिति नेपालले वि.सं. २०१० देखि निरन्तर निःशुल्क होमियोपेथीक चिकित्सालय सञ्चालन गरेर आइरहेको छ । हाल हाम्रो चिकित्सालयबाट दैनिक करिब २०० जनाले सेवा लिइरहेका छन । हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न रोग प्रतिरोधात्मक शक्ति वृद्धि गरेमा रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहेको छ ।

यसैक्रममा काठमाडौँमा २५ औँ वर्षदेखि होमियोपेथीक चिकित्सामा संलग्न चिकित्सकहरुले यस संस्थासँग सम्पर्क गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागले यही २०७७ साल वैशाख १५ गते होमियोपेथिक औषधि आर्सेनिक एल्बम ३० सी रोग प्रतिरोध गर्नमा उपयोगी छ भनी मान्यता समेत प्रदान गरेकाले उपरोक्त औषधि वितरण सर्वसाधरणलाई फाइदा हुने राय दिनुभए अनुसार हाम्रो संस्था मारवाडी सेवा समिति नेपालले विगत १० दिनदेखि उपरोक्त औषधि निशुल्क वितरण गरिरहेको छ ।

उक्त औषधि होमियोपेथिक चिकित्सकहरुको निगरानी र रेखदेखमा प्याकिङ गरी करिब नौ लाख पचास हजार व्यक्तिलाई वितरण गरिसकेको छ । अर्सेनिक एल्बम ३० सी औषधि केही व्यक्तिहरुले कोरोना भाइरसको औषधि हो भनि भ्रमक प्रचार र बिक्रिबितरण समेत गरेको भन्ने गुनासो आएकाले यसमा गम्भीर ध्यानाकर्षण भएको मारवाडी सेवा समितिले जनाएकाे छ । अर्सेनिक एल्बम ३० सी औषधि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि भएकाले भ्रामक प्रचारमा नलाग्न समेत मारवाडी सेवा समितिले अनुराेध गरेकाे छ । उक्त औषधि निशुल्क बितरण गर्ने र निशुल्क बितरण गर्दा पनि वडा कार्यालयहरु र सामाजिक संस्थाहरुले लिखित रुपमा अनुरोध गरेमा उपलब्ध गराउने जनाएकाे छ ।

प्रकाशित मिति : May 31, 2020 at 6:38 pm