४ महिने बालिकासहित एकैदिन १६६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १५६७ पुग्याे
१८ जेठ, काठमाडौँ । ४ महिने बालिकासहित आइतबार एकैदिन १६६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आइतबार थप १६६ जनामा संक्रमण देखिएको छ । तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५६७ पुगेकाे छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेका छन् । जसमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निकाे भएर घर फर्किएका छन् ।
प्रकाशित मिति : May 31, 2020 at 4:27 pm





