७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

पूर्वअर्थमन्त्रीद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री सहयाेग

१८ जेठ, बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीका पत्रकारका लागि सुरक्षा सामग्री उपलब्ध गराउनुभएको छ । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क आज नेपाल पत्रकार महासङ्घ रुपन्देहीलाई हस्तान्तरण गरियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुपन्देहीका सचिव निर्मल जिसी, प्रचार विभाग प्रमुख मोहन चापागाई र क्षेत्र नं २ का संयोजक तेजेन्द्र केसीले प्रेस अङ्कित ज्याकेट र मास्क महासंघलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा नेकपा रुपन्देहीका सचिव जिसीले महामारीका संकटमा परिचयसहित कार्यथलोमा खटिँदा पत्रकारलाई केही हदसम्म सुरक्षा कायम हुन सक्ने बताउनुभयो ।  नेकपा महासचिव तथा रुपन्देहीका प्रतिनिधिसभा सदस्य पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारका लागि उक्त सामग्री उपलब्ध गराएको नेकपा प्रचार विभाग प्रमुख चापागाईले बताउनुभयो । प्राप्त सामग्री महासंघका सदस्यलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 31, 2020 at 1:30 pm