७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बाजुरा अस्पतालको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु

१८ जेठ, काठमाडाैँ ।  जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बूढीगंगा नगरपालिका-१ की २ वर्षीया बालिका रहेकी छिन्। ती बालिकाको आइतबार बिहान साढे २ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्‍वकर्माले पुष्टि गरेका छन्। झाडापखला, उच्च ज्वरो, श्‍वासप्रश्‍वासम्बन्धी समस्या देखिएकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको थियो। तर आज बिहान उपचारकै क्रममा उनको मृत्यु भयो।’

बालिकालाई जेठ १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएकाे थियाे। आइसोलेसनमा उनका आमाबुबालाई पनि राखिएको छ। बालिकासहित उनका आमाबुबाको १६ गते थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाइए पनि रिर्पोट अाएकाे छैन्।  रिर्पोट प्राप्त भएपछि मात्र उनको शव व्यवस्थापन गरिने भएको छ।

प्रकाशित मिति : May 31, 2020 at 11:28 am