७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

एकैदिन १८९ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १४०१ पुग्याे

१७ जेठ, काठमाडौँ । शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शनिबार थप १८९ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १४०१ पुगेकाे छ । जसमध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : May 30, 2020 at 4:27 pm