गोदावरीका हरेक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गरिने
१७ जेठ, ललितपुर । गोदावरी नगरपालिकाले प्रत्येक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको छ । बाहिरबाट आएका मानिसलाई राख्न नगरपालिकाले उक्त क्वारेन्टिन व्यवस्था गर्न लागेको हो । नगरपालिकाले प्रत्येक वडाका विद्यालय, सङ्घसंस्था र सामुदायिक भवन प्रयोग गरी क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

नगरपालिकामा शुक्रबार बसेको बैठकको निर्णयले हरेक वडामा तीन दिनभित्र क्वारेन्टिन तयार गर्न यहाँका बुद्धिजीवी, राजनीतिज्ञ, शिक्षक, व्यापारी, समाजसेवी तथा सम्बन्धित सबैलाई सूचनामार्फत आग्रह गरेको छ । यसअघि गोदावरीले वडा नं ११ बज्रबाराही चापागाउँ अस्पतालमा १० श्ययाको क्वारेन्टिन व्यवस्था गरेको थियो ।
प्रकाशित मिति : May 30, 2020 at 11:39 am





