२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

दैलेखमा क्‍वारेन्टिनमा बसेका ४० वर्षीय पुरुषकाे मृत्यु

१७ जेठ, दैलेख । दैलेखमा क्‍वारेन्टिनमा बसेका एक जनाको मुत्यु भएको छ। मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर क्‍वारेन्टिनमा बस्दै आएका दुल्लु नगरपालिका-११ का ४० वर्षीय पुरुष रहेका छन्। भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टिनमा बस्दै आएका थिए।

फाइल फाेटाे

क्‍वारेन्टिनमा बेहोस भएपछि त्यहिँ उपचारका क्रममा शनिवार बिहान १० बजे उनकाे मुत्यु भएको दुल्लु अस्पतालकी प्रमुख डा. पूजा बिसीले बताइन्। मुत्यु भएका उनको कोरोना परीक्षणका लागि तिन दिनअगाडि स्वाब कर्णाली स्वास्थ्य बिज्ञान प्रठिष्टान जुम्लामा पठाइएको छ। तर अझै रिर्पोट आउँन बाँकी रहेको डा. बिसीले बताइन्।

प्रकाशित मिति : May 30, 2020 at 11:16 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/