७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कपिलवस्तुमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८८ पुग्याे

१६ जेठ, काठमाडाैँ । कपिलवस्तुमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाका अनुसार भैरहवास्थित् प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको नमूना परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।आज पुष्टि भएका सबै संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिकाका रहेको उनले बताए। योसँगै कपिलवस्तुमा काेराेना संक्रमितको संख्या १८८ पुगेको छ।

प्रकाशित मिति : May 29, 2020 at 8:20 pm