अब सुरक्षाकर्मीको पोशाक र खाद्यान्न स्वदेशमै उत्पादन गरिने
१५ जेठ, काठमाडौँ । अब स्वदेशमै सुरक्षाकर्मीको पोशाक, जुत्ता र खाद्यान्न उत्पादन गरिने भएको छ । यसअघि विदेशबाट खरिद गरिँदै आएका यस्ता सामग्रीहरू कारण राज्यको ठूलो धनराशी बाहिरिँदै आएकोमा अब स्वदेशमै उत्पादन गर्न लागिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाले संसद्मा आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै सुरक्षाकर्मीको पोशाक, जुत्ता, खाद्यान्नको उत्पादन अब स्वदेशमै गरिने जानकारी दिए ।
प्रकाशित मिति : May 28, 2020 at 5:58 pm





