७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

रसुवामा कांग्रेस सांसद आचार्यको घरमा क्वारेन्टीन, विदेशबाट फर्किएका युवा भने कुखुराको खोरमा

१५ जेठ, रसुवा । रसुवामा नेपाली कांग्रेसका सांसद मोहन आचार्यको घरमा क्वारेन्टीन बनेपछि विदेशबाट आएका युवाले बस्न नपाएर कुखुराको खोरमा बस्न बाध्य भएका छन । स्थानीय तहले सांसद आचार्यको घरमा क्वारेन्टीन निर्माण गरेको  र त्यहाँ बस्न नपाएपछि एक युवाले कुखुराको खोरलाई नै क्वारेन्टीन बनाउन विवश भएका छन ।

रसुवाको संघीय सांसद आचार्यको घरमा निर्माण भएको क्वारेन्टाइनमा विदेशबाट फर्किएका युवाले आश्रय नपाएपछि कुखुराको खोरलाई नै आश्रय बनाएर अहिले रात गुजारिरहेका छन् । उत्तरगया गाउँपालिका ५ निवासी गणेश आचार्य सांसद मोहनको घरमा तयार भएको क्वारेन्टीनमा बस्न नपाएका हुन । स्थानीयहरूले विदेशबाट आएकाका लागि बस्न तयार भएको क्वारेन्टीनमा बस्न नपाएपछि त्यसको औचित्य के भन्दै प्रश्न गरेका छन ।

स्थानीयका अनुसार आचार्य रोजागारीको सिलसिलामा भारतमा पुगेका थिए । भारतमा समेत कोराना संक्रमितहरुको संख्या बढेसँगै उनी अरु नेपालीहरुझैं स्वदेश फर्किए । तर अरु झैं लुकेर घर पस्न गएनन् । बरु क्वारेन्टाइन खोज्दै गए । थाहा पाए जिल्लाकै संघीय सांसद मोहन आचार्यको घरमा क्वारेन्टाइन निर्माण गरेको । यो चाल पाएर उनी सो क्वारेन्टाइनमा बस्न पुगे । तर त्यहाँ त्यहाँ बस्न नदिएपछि उनी अहिले कुखुराको खोरलाइ क्वारेन्टीन मानेर बसिरहेका छन ।

प्रकाशित मिति : May 28, 2020 at 6:09 am