१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

कोरोनासँग लड्न रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराैँ

-डा. रवीन्द्र पाण्डे

गत डिसेम्बरको अन्तिममा चीनको बुहानमा देखिएको कोरोना संक्रमणले अहिले विश्वका २१२ देशहरुमा फैलिएको छ | कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कमी भएका लाखौँ व्यक्तिको मृत्यु भएको छ, दशौँ लाख गम्भीर अवस्थामा छन् तथा चालीसौं लाख व्यक्तिहरु संक्रमित भएका छन् | नेपालमा पनि कोरोना संक्रमण बिस्तारै बढिरहेको हुँदा हामीले थप सतर्क हुनु जरुरी छ |

रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि निम्न लिखित आहार, बिहार र आचारको पालना गर्नुपर्दछ | भिटामिन सि, भिटामिन डी , भिटामिन बि १२, भिटामिन इ, भिटामिन बि ६ तथा जिंकको इम्युनिटी पावर बढाउन ठूलो भूमिका हुन्छ |
.
१. इम्युनिटी पावर बढाउनको लागि भिटामिन सि को ठूलो भूमिका हुन्छ | कागती, सुन्तला, अमिलो, अमला, लप्सी, गुन्द्रुक, इमली,ब्रोकाउली, काउली, किवी, मेवा, खुर्सानी, स्ट्रवेरी, गोलभेंडा, अंगुर, आँप, भुइँकटहर, काफल, ऐंसेलु, बेरी, खरबुजा, अम्बा,टुसा उमारेका गेडागुडी, चरिम्लो आदिमा भिटामिन सि पाइन्छ |

२. भिटामिन डी को कमी हुने व्यक्ति कोरोना संक्रमणको जोखिममा पर्दछन् | घाममा दिनको आधा घन्टा बस्ने, च्याउ, अण्डा, दुध, सुन्तला, भटमास सेवन गर्दा भिटामिन डी प्राप्त हुन्छ |

३. मासु Zinc को उत्कृष्ट स्रोत हो | यो बाहेक गेडागुडी, बदाम, काजु, दुधजन्य पदार्थ, अन्न, च्याउ, पालुंगो, ब्रोकाउली, आलस, फर्सीको बियाँ, ओट, सिमी, लसुनमा पनि Zinc पाइन्छ | Zinc को नियमित सेवनले कोरोना भाइरसको मल्टिप्लिकेसनलाई रोक्ने धेरै अध्ययनले प्रमाणित गरेका छन् |

४. कुखुराको मासु, अण्डा, टर्की, माछा, अन्न, गहुँको जमरा, ब्राउन राइस, तरकारी, भटमास, आलु, हरियो केराउ, केरा आदिमा भिटामिन B6 पाइन्छ | भिटामिन B6 ले कोरोना भाइरससंग लड्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ |

५. कलेजो, कुखुराको मासु, माछा, दुध, दही, चिज, अण्डा, कागती, चामल आदिमा भिटामिन B12 पाइन्छ |

६. भिटामिन इ राम्रो एन्टि अक्सिडेन्ट हो | एभोकाड़ो, आँप, किवी, जैतुनको तेल, खाना पकाउने तेल, बदाम, गहुँको जमरा, सूर्यमुखी फूलका बियाँ, सूर्यमुखी तेल, बदामको तेल, माछामासु, खुर्पानी, आरु, रातो खुर्सानी, ब्रोकाउली, तोरीको साग, कुरिलो, पालुंगो,

७. पालुंगोको सागमा Vitamin K, Vitamin A, Manganese, Folate, Copper, Vitamin B2, Vitamin B6, Vitamin E, Calcium, Vitamin C लगायतका तत्व पाइन्छ | रोग प्रतिरोध क्षमता बढाउनको लागि पालुंगोको साग अत्यन्तै प्रभावकारी हुन्छ |

८. नियमित शारीरिक व्यायामले रोगसंग लड्ने क्षमताको बिकास हुन्छ |

९. रातिमा ८ घण्टा सुन्तुपर्छ | पर्याप्त निद्राले मेलाटोनिन हर्मोनको उत्पादन हुन्छ | यसले इम्युनिटी पावर बढाउँछ |

१०. योग, ध्यान, संगीत, सत्संग, प्रबचन श्रबण आदिले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ |

११. स्वाश्प्रश्वासको अभ्यास, प्राणायाम तथा सुद्ध हावाको सेवनले शरीरमा अक्सिजनको मात्रा बढाउँछ | यसले गर्दा रोगसँग लड्ने क्षमताको थप बिकास हुन्छ |

१२. चिन्ता, तनाब, डर, त्रास आदिले रोग प्रतिरोध क्षमता तथा आत्मबल घटाउँछ | तसर्थ तनाब ब्यबस्थापनको लागि गीत सुन्ने, सिर्जनशील काम गर्ने, कमेडी फ्लिम हेर्ने, दिल खोलेर हाँस्ने, परिवार तथा समाजसंग सम्पर्क बढाउने, सहयोगी तथा सकारात्मक व्यक्तिहरुसंग कुराकारी गर्ने, हल्ला र भ्रमको पछि नलाग्ने, धेरै तनाब भएका मनोबिज्ञबाट परामर्श लिने तथा यी उपायले पनि काम नगरेमा मनोरोग बिज्ञसंग भेटेर औषधि सेवन गर्ने आदि उपायबाट तनावलाई ब्यबस्थापन गर्न सकिन्छ |

१३. चुरोट, सुर्ती, खैनी, रक्सी, ड्रग आदि लागुपदार्थको सेवन नगर्ने | धुम्रपान, मध्यपान तथा लागु पदार्थको सेवनले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ |

१४. शारीरिक तौल घटाउने | सक्रिय जीवन बिताउने |

१५. ताजा, सफा तथा पोषिलो खाना खाने | सागसब्जी, फलफुल, गेडागुडी, दुध, अण्डा, माछामासु आदि बहुप्रकारका खाना उपलब्धता अनुसार सेवन गर्ने | पटकपटक प्रशस्त पानी पिउने |

१६. नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने | चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने | दीर्घरोगका बिरामीले औषधि नछोड्ने |

(डा पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहुन्छ ।)

प्रकाशित मिति : May 15, 2020 at 10:09 am