१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

संसदीय समितिमा मोबाइल फर्काएर देखाउनु अघि भीम रावलले भुलेका दुई कुरा

२८ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका पूर्व गृहमन्त्री भीमबहादुर रावल आफूलाइ लागेको कुरा निर्धक्क राख्न सक्ने नेता हुन । पछिल्लो सम्म प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको कटु आलोचनामा उत्रिएका उनले आइतबार संसदीय समितिको बैठकमा भोलिका दिनमा आफैँलाइ लाज हुने एउटा काम गरे ।

हुनत रावलले आइबारको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पहिलो पटक त्यो विषय उठाएको होइन भन्ने आफैँले प्रष्ट पारेका छन । यद्यपी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीविरूद्ध निकै आक्रामक रूपमा प्रस्तुत भएका उनले प्रेस विज्ञप्तिमा हस्ताक्षरको सवाल उठाउँदा दुई कुरा भुलेको देखिन्छ । उपप्रधानसहित गृह र अन्य मन्त्री समेत भैसकेका रावलले कम्तिमा समितिको बैठकमा तथ्यमा टेकेर बोल्नुपर्थयो न कि फेसबुकमा आफ्नो अनुहार समेत देखाउन नसकेर सरकारविरूद्ध अफवाह फैलाउनेहरूले गरेको प्रतिक्रियामा विश्वस्त हुन ।

उनले विज्ञप्तिको सन्दर्भ उठाउँदा नेपालकै विगतको प्रचलनका बारेमा अध्ययन गर्नुपर्थ्यो । त्यसपछि उनको त्यो मोबाइल नै फर्काएर विज्ञप्ति देखाउँदै परराष्ट्रमन्त्रीको हैसियत सम्झाउनु ठीकै हुन्थ्यो । तर उनले विगतमा सीमानाका विवादमा परराष्ट्र मन्त्रालले जारी गर्ने गरेको विज्ञप्तिको सन्दर्भ त्यहाँ खासै सम्झन चाहेनन् बरू यसअघि पनि यस्तै बेनामे र विना हस्ताक्षरको विज्ञप्ति जारी भएको भन्दै आक्रोश पोखे । परम्परा हेर्ने हो भने नेता रावलले विज्ञप्तिको सन्दर्भमा गरेको यो टिप्पणी ज्यादै असुहाउँदो रहेको छ ।

त्यस्तै उनले अन्तर्राष्ट्रिय प्रचलनको सन्दर्भ निकलेर केही देशको उदाहरण प्रस्तुत गर्नुपर्थ्यो तर त्यो पनि गरेनन् । रावलले प्रस्तुतीमा आक्रमकता मात्रै देखाउँदा र अन्य देशमा ककसले विज्ञप्तिमा हस्ताक्षर र नाम राख्छ भन्ने खुलाएको भए त्यो तथ्यमाथिको विश्लेषण मान्न सकिन्थ्यो तर आइतबारको समितिको बैठकमा उनको प्रस्तुती पुरै कुण्ठाग्रस्त देखियो । जसले रावल स्वयंलाइ कमजोर बनाएको छ ।

प्रकाशित मिति : 19:33