लिपुलेकबारे पूर्व गृहमन्त्री भीम रावलः अन्त भए युद्ध भैसक्थ्यो
२८ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका पूर्व गृहमन्त्री भीमबहादुर रावलले नेपालको ठाउँमा अरू देश भएको भए कालापानीको सावालमा युद्ध नै भैसक्ने बताएका छन । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण गरेका सन्दर्भमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र मन्त्रीसँग छलफलमा उनले नेपालको स्थानमा अर्को कुनै देश रहेको भए कालापानीको सन्दर्भलाइ लिएर युद्ध हुने अवस्था आउने बताएका हुन ।

समितिको बैठकमा निकै आक्रामक रूपमा प्रस्तुत भएका उनले सरकारको नियतमाथि नै प्रश्न उठाउँदै मन्त्रीप्रति बढी टिप्पणी गरे । स्वंय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले समेत व्यक्तिगत टिप्पणी नगर्न सुझाव दिए । नेता रावलले मन्त्रीलाइ अर्को बैठक समेत तत्काल तोकेर बोलाउन माग गरे ।
प्रकाशित मिति : May 10, 2020 at 6:55 pm









