४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नुवाकोट क्याम्पसमा आधुनिक सेमिनार हल निर्माण हुने

५ जेठ, नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसले आधुनिक सेमिनार हल निर्माण गर्ने भएको छ । बेलायतस्थित एमजेड एण्ड केजेड मुकेश शाह फाउण्डेशनको आर्थिक सहयोगमा आधुनिक सेमिनार हल निर्माण गर्न लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले दैनिकीलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार उक्त फाउण्डेसनले हल निर्माणका लागि ५० लाख सहयोग गर्नेछ । हल निर्माणका लागि सहयोग उपलब्ध गराउन बिदुर नगरपालिका वडा नम्वर ५ पिपलटार घर भई हाल बेलायतमा रहेका युवा समाजसेवी बद्री गजुरेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार समाजसेवी गजुरेलकै पहलमा उक्त फाण्डेशनले भुकम्प पछि क्याम्पसको पठनपाठन सहज बनाउन करिब २८ लाख रुपैयाँको लागतमा १० वटा कक्षाकोठाहरु निर्माण र तीनतले भवन मर्मतमा सहयोग गरेको थियो । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल मार्फत सहयोगगर्ने संस्था र पहल गरिदिने व्यक्तिलार्इ धन्यवाद दिएका छन ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार ०९:१५