२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

अन्त्य हुँदै सिण्डिकेटः पक्राउको डरले व्यवसायीद्धारा बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द

४ जेठ, काठमाडौँ । मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण रोकिएको छ । योसँगै तत्कालका लागि मलेसियामा कामका लागि जाने प्रक्रिया पनि रोकिएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीमा जाने कामदारको हितमा हुने गरी सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि गरेपछि पक्राउ पर्ने डरले व्यवसायीले आफैँ बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराएका छन ।

मन्त्री विष्टले गैरकानुनी रुपमा कामदारमाथि आर्थिक भार हुने गरी शुल्क उठाउने संस्था र संयन्त्रमाथि अनुसन्धान गरेर कारवाही गर्न गृहमन्त्रालयलाई सूचीसहित आग्रह गरेका थिए । मन्त्री विष्ट आफैँले अग्रसरता देखाएर परराष्ट्र मन्त्रालय मार्फत माइग्राम्स, बायोमेट्रिक, आईएससी, भिएलन र ओएससीको सबै काम कारवाही तत्काल बन्द गर्न कुटनीतिक पहल थालेका छन ।

यो पनि पढ्नुहोस्

–ठगी गर्ने म्यानपावर कम्पनीको सूची तयार, तीन सय व्यवसायीलाई एकै पटक जेल हाल्ने तयारी

–वैदेशिक राेजगारीमा रहेको सिण्डिकेट अन्त्य गर्ने श्रममन्त्री विष्टको निर्णय (भिडियोसहित)

–‘वैदेशिक रोजागारीमा सुधार ल्याउन तीन सय व्यवसायीलाई एकै पटक जेल हाल्नुपर्छ’

 

प्रकाशित मिति : May 18, 2018 at 5:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/