१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुनमा पाँच रूपैयाँ खान खोज्दा २ लाख जरिवाना, उपभोक्ता बनेर अनुगमन टोली पसलमा

१२ वैशाख, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो ।

नुनको खुद्रा मूलय २० रूपैयाँ भए पनि किराना पसलका व्यपारीले २५ रूपैयाँसम्म लिने गरेका छन । साल्ट्रट्रेडिङकै कर्मचारीको मिलेमतोमा विगत तीन वर्षदेखि व्यपारीहरूले नुनमामात्र करोडौ लुटीसकेका छन । कर्मचारीको लुटमा वाणिज्य विभागले समेत आँखा चिम्मिलिएर बसेको थियो । तर पछिल्लो समय गुनसो बढेपछि विभागले आफैँ उपभोक्ता बनेर पसलहरूको अनुगमन गरिरहेको छ ।

त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई रु ५०(५० हजार जरिवाना गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार ०७:५०