७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

कुवेतमा ९ नेपालीमा कोरोना भाइरसकाे संक्रमण


३० चैत, काठमाडाैँ । कुवेतमा कोरोना भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् । शुक्रबार एकैदिन थप ५ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या ९ पुगेको हो ।


यसअघि कुवेतमा ४ जना नेपालीमा कोरोना पोजेटिभ देखिएकोमा अरु ५ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुवेतमा अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १५४ जना संक्रमित भएका छन् यसमध्ये एक जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार १०:४६