१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

भारतमा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ११४ पुग्याे, ४,४२१ जना संक्रमित

२५ चैत, नयाँ दिल्ली । भारतमा कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ। मंगलबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

त्यसैगरी मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४ हजार ४२१ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। भारतमा पछिल्ला केही दिनमा कोरोना संक्रमितके संख्या बढ्न थालेको हो।

फाइल फाेटाे

कोरोना भाइरस संक्रमण रहेका चार हजार ४२१ जनामा ३२५ जना भने उपचार गरी घर फर्किएका छन्। हाल ३ हजार ९८१ जना अस्पताल र केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका सो मन्त्रालयले जानकारी दिएको छ।

भारतका अरु राज्यको तुलनामा महाराष्ट्र, तामिलनाडु र नयाँ दिल्लीमा यसका संक्रमितहरु बढेको देखिएको छ। महाराष्ट्रमा ७४८, तामिलनाडुमा ६२१ र नयाँ दिल्लीमा ५२३ मा कोरोनाको संक्रमण देखिएको छ। भारतमा दुई हप्तायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ।

प्रकाशित मिति : April 7, 2020 at 1:35 pm