९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

आधा किलोग्राम सुनसहित दुई भारतीय नागरीक पक्राउ

२ जेठ, कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताएका छन् ।

काठमाडौँबाट गड्डाचौकी हुँदै भारतीय नम्बर प्लेटको एच आर १२ एच ०००६ नं को जिपमा भारततर्फ जाँदै गर्दा भन्सार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियोे ।प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुन काठमाडौँंबाट खरिद गरेर ल्याएको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : May 16, 2018 at 1:35 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/