११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

चेम्बरको कृषि समितिमा कृष्णमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यी नयाँ कार्य समिति

३१ वैशाख, काठमाडौँ । नेपालका उद्योगी व्यापारीहरुको प्रतिनिधि मुलक सबै भन्दा जेठो संगठित संस्था नेपाल चेम्बर अफ कमर्शको कार्य समिति अन्तगर्त कृषि समितिको सभापति कृष्णमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यी नयाँ कार्य समिति चयन गरिएको छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले यही बैशाख २६ गते कृषि समितिको सभापति कृष्णमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यी नयाँ कार्य समिति चयन गर्नु भएको हो ।

कृषि समितिको सहसभापतिमा गोविन्द प्रसाद घिमिरे, डेरी उद्योग संघबाट अरनिको राजभण्डारी, राष्ट्रिय कृषक समूह महासंघबाट उद्धव अधिकारी र कृषि मेशनरी यान्त्रिीकीकरणबाट उमेश मान्नधर रहनु भएको छ भने सदस्यहरुमा क्रमश ः नेपाल कृषि पत्रकार प्रतिष्ठानका सचिव एव किसान टेलिभजनबाट पवन श्रेष्ठ, कृषि र प्रविधिबाट सुनिता नेम्हाफुकी, सोलम एग्रिकल्चरबाट श्रीकृष्ण अधिकारी, बल्खु तरकारी बजारबाट रामकृष्ण कुवँर मोहन बस्नेत, बाँस्कोटा ग्रुपबाट शान्ता बाँस्कोटा, पोल्टीबाट बाबुराजा रावल, सुरेश भक्त श्रेष्ठ, दुर्गा दाहाल, इन्द्रलाल सिंह, गोविन्द थपलिया, प्रेम लामा, भरत खतिवडा, संगम शेर्पा रहनु भएको छ ।

चेम्बर भवन कान्तिपथमा सोमवार आयोजित एक समारोहका बीच कृषि समितिका सभापति कृष्णमान श्रेष्ठले मनोनित गरिएका चार सह सभापति सहित सदस्यहरुलाई मनोनित पत्र र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : May 14, 2018 at 6:30 pm