२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

कोरोना भाइरसको सङ्क्रमणबाट फुटबल प्रशिक्षकको मृत्यु


४ चैत, काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमणबाट स्पेनमा २१ वर्षीय युवा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ । फ्रान्सिस्को गार्सिया मलागाको क्लब एथ्लेटिको पोर्टाडाको जुनियर टिमको प्रशिक्षक हुन् । क्यान्सर पीडित गार्सियाको अस्पतालमा मृत्यु भएकाे हाे ।

क्लबले शोक प्रकट गर्दै भनेको छ, ‘गार्सियाको निधनले हामी दुःखी छौँ, उनको परिवारमा हाम्रो समवेदना छ । हामी तिमीलाई कहिल्यै भुल्न सक्दैनौँ ।’

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार १२:०५