२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

कोरोना भाइरस विरुद्धको भ्याक्सिनको मानवमा परीक्षण


४ चैत, काठमाडाैँ । अमेरिकी अनुन्धानकर्ताहरुले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको मानवमा परीक्षण सुरु गरेका छन् । उनीहरुले सोमबार परीक्षणमा सहभागी स्वयंसेवीहरुलाई भ्याक्सिनको पहिलो मात्रा दिए । केसर परमानेन्टे वाशिङटन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकहरुले ४ जना स्वयंसेवीलाई खोपको पहिलो मात्रा सुइमार्फत दिएका हुन् ।

परीक्षणमा स्वयंसेवकको रुपमा खोपको पहिलो मात्रा लिएकी ४३ वर्षकी जेनिफर हलरले भनिन् ‘हामी निराश भइसकेका थियौं । मेरो लागि केही गर्न यो अद्भूत अवसर हो ।

सोमबार उनीपछि थप ३ जनालाई खोपको पहिलो मात्रा दिइयो । यो परीक्षणमा १ महिनाको अवधिमा ४५ जना स्वयंसेवकलाई खोपको २–२ मात्रा दिने कार्यक्रम छ ।

सोमबारको कोसेढुंगा त्यो अभियानको सुरुवात मात्र हो यो खोप सुरक्षित र प्रभावकारी छ कि छैन भन्ने मानवमा परीक्षणपछि प्रमाणित गर्छ । यदि यो परीक्षण सफल हुँदै गएमा पनि खोप विश्वव्यापी प्रयोगका लागि उपलब्ध हुन अझै १२ देखि १८ महिनाको समय लाग्ने अमेरिकन नेशनल इन्स्टिच्युट अफ हेल्थका डा. एन्थोनी फाउसीले बताए । एजेन्सी

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार ११:२१