५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

इटालीमा कोरोनाकाे संक्रमणबाट मेयरको मृत्यु


२ चैत, रोम । कोरोना भाइरसकाे संक्रमणबाट इटालीमा एक जना मेयरको मृत्यु भएको छ । उत्तरी इटालीस्थित चियेने नगरका ७० वर्षीय मेयर गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।

मार्च ७ देखि कोरोना संक्रमित भएर अस्पतालमा उपचार गराइरहेका शुक्रबार उनको मृत्यु भएको जनाइएको छ । इटालीमा हालसम्म कोरोना भाइरसका कारण १४४१ जनाको ज्यान गइसकेको छ । इटालीमा यसबाट अरु २१ हजार भन्दा धेरै संक्रमित छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार १६:०९