११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

नोभेल कोरोना भाइरसको संक्रमण रोकथाम गर्न अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा


१ चैत, काठमाडाैँ । अमेरिकाले नोभेल कोरोना भाइरसको संक्रमण रोकथाम गर्न अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरिएको जानकारी दिए । उनले संकटकालको समय नतोकी अनिश्चितकालका लागि भएको संकेत दिएका छन ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेपछि अमेरिकाले अनिश्चितकालीन संकटकालको घोषणा गरेको हो । योसँगै अमेरिकाले कोरोनाको संक्रमण निवारणका लागि ५० अर्ब डलर खर्च गर्नेछ । ट्रम्पले आगामी हप्ता अमेरिकाका लागि निकै महत्वपूर्ण हुने बताउँदै कारोना भाइरस फैलिनबाट रोक्नका लागि पूरै कोसिस गर्ने बताएका छन ।

यद्यपी ट्रम्पले अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्ने बताएका छन । ट्रम्पले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह पनि गरेका छन । उनले अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि अनुरोध गरेका छन ।अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार ०८:४६