५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

क्यानडाका प्रधानमन्त्री ट्रुडोकी पत्नीलाई कोरोना भाइरसकाे सङ्क्रमण


३० फागुन, काठमाडाैँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफीलाई कोरोनाभाइरसकाे सङ्क्रमण भएकाे छ । समाचार संस्था एपीका अनुसार सोफी केही समयका लागि आइसोलेसनमा बस्नेछिन् । उनलाई गाह्रो अनुभव नभएको र उनले सबै किसिमका सचेतना अपनाइरहेको तथा उनमा कोरोनाको कमजोर लक्षण देखिएको जनाइएकाे छ  ।

प्रधानमन्त्री र पत्नी अहिले आफैँ आइसोलेसनमा बसिरहेका छन् । प्रधानमन्त्री ट्रुडोको स्वास्थ्य राम्रो छ र उनमा कुनै लक्षण देखिएको छैन तर उनी १४ दिनसम्म आइसोलेसनमा बस्नेछन् ।

क्यानडामा अहिलेसम्म कोरोनाभाइरसका १०३ केसहरू पुष्टि भएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार ११:४७