११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

रकेट आक्रमणमा परी ३ विदेशी सैनिक मारिए


२९ फागुन,बग्दाद । इरानमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको भयावह रकेट आक्रमणमा परी दुई अमेरिकी र एक बेलायती सैनिक मारिएका अमेरिकी अधिकारीले जानकारी दिएका छन् । बुधवार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिवीरमा सो आक्रमण भएको थियो । यस शिवीरमा अमेरिकी नेतृत्वको गठबन्धनका सैनिकहरूले स्थानीय फौजलाई जिहादीहरूसित युद्ध गर्न मद्दत र्पुयाइरहेका छन् ।

अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताइएको छ । एक अमेरिकी अधिकारीले एएफपीलाई भने कि मृतकमा दुई अमेरिकी र एक बेलायती नागरिक रहेका थिए ।  यो आक्रमणले खतरनाक रुपमा खतरा निम्त्याएको बताइएको छ । यसलगत्तै पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूहरूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको र यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युुद्ध निरिक्षण गरिरहेका एक मानव अधिकारबादी समूहले जनाएको छ ।

इराकी सेनाले भने कि रकेट एक ट्रकको पछाडिबाट चलाइएको, तर यसले कुनै हताहत भएको टिप्पणी गरेको छैन।अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र बेलायती विदेश मन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको निन्दा गर्नु भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १६:४४