३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नवलपरासीमा १० करोडको लगानीमा होटल क्रिस सञ्चालन

३० वैशाख, नवलपरासी । पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक सुविधासम्पन्न होटल क्रिस सञ्चालनमा आएको छ । करीब १० करोड लगानीमा निर्माण गरिएको सो होटल सम्भवतः जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी निर्माण गरिएका होटलमध्येमा पर्छ ।


पूर्व–पश्चिम लोकमार्गले छोएको देवचुली–१४ दलदलेमा खोलिएको सो चारतले अत्याधुनिक सुविधासम्पन्न होटलमा लिफ्टको प्रयोग गरिएको छ । होटलमा २८ वटा अति सुविधासम्पन्न डिलक्स कोठा, डाइनिङ हल, सेमिनार हल रहेको होटल सञ्चालक अरुणविक्रम थापाले बताए ।

होटल व्यवसायमा हामी नयाँ आयाम थप्दै समग्र नवलपुरको सम्भावित पर्यटन क्षेत्रलाई अघि बढाउन चाहन्छौ, उनले भने ।

निकट भविष्यमा एक हप्तासम्मको विभिन्न प्याकेजमा जंगल सफारी, डुङ्गा सयर, देवचुलीडाँडा पैदलयात्रालगायत कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै लगिने होटलले सन्चालकले जानकारी दिए ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार १५:४४