१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

म्यानमारमा सरकारी सेना र विद्रोहीको भीडन्तमा परी १९ को मृत्यु

२९ वैशाख, याङगुन । म्यानमारमा सरकारी सेना र विद्रोही पक्षकाबीचमा भएको झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा शनिबार स्थानीय आदीवासीहरूको विद्रोही समूहसँग सरकारी सेनाको भीडन्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

एक जना उच्च सरकारी अधिकारीले भन्नुभयो, “भीडन्तमा परी कम्तीमा १९ जना मारिएका छन् भने अरु दुइ दर्जन भन्दा बढी घाइते भएका छन् ।”

लामो समयदेखि विद्रोह गरिरहेको ताङ नेशनल लिवरेशन आर्मी (टीएनएलए) सँग सरकारी सेनाको शनिबार बिहान पाँच बजेदेखि भीडन्त शुरु भएको थियोे ।

प्रकाशित मिति : May 12, 2018 at 8:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/