३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

दरबन्दी बाहेकका कर्मचारी नियुक्त गर्न रोक, राजनीतिक कार्यकर्ताको भर्ती बन्द

२८ वैशाख, काठमाडौं । सरकारले राजनीतिक दलका कार्यकर्तालाई जागिर खुवाउने ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाउने गरी कडाइ गर्ने भएको छ । सरकारी निकायले जथाभावी खर्च गर्दा राष्ट्रिय ढुकुटीमा चाप परेपछि सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी मार्गदर्शन तयार गरेको हो ।

मार्गदर्शन अनुसार स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्त गर्न पाइनेछैन । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको मार्गदर्शनमा नयाँ संरचना र दरबन्दी सिर्जना गर्न र स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्ति गर्न रोक लगाएको छ । साथै सरकारी खर्चमा गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गर्दा सम्भव भएसम्म सरकारी हल प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १६:५३