कोरोनाले आक्रान्त चीनमा ‘भिजिट नेपाल २०२०’ को प्रचार ! चिनियाँमा कस्तो पर्ला प्रभाव ?
७ फागुन, काठमाडौँ । नेपाल सरकारले कोरोनाको पीडामा रहेको चीनमा नेपाल भ्रमण वर्ष २०२० (भिजिट नेपाल २०२०)को प्रचार गर्ने भएको छ । डढेको पीडामा रहेको अस्ट्रेलियमा पुगेर सडकमा नेपाल भ्रमण वर्षको जुलुश निकाल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा प्रचार आक्रामक बनाउन निर्देशन दिएका हुन ।
मंगलबार पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता रूद्रसिंह तामाङले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रीले पाँच बुँदे निर्देशन दिएका छन । उक्त पाँच बुँदे निर्देशनको दोस्रो बुँदामा चीनमा कोरोनाको पीडाकै बीचमा भ्रमण वर्षको प्रचार गर्ने विषय उल्लेख गरिएको छ ।
प्रवक्ता तामाङले जारी गरेको विज्ञप्तिको दोस्रो बुँदामा लेखिएको ‘छिमेकी मित्रराष्ट्र चीनले सामना गरिरहेको वर्तमान संकटप्रति नेपालको पूर्ण साथ सहयोग तथा ऐक्यवद्धता व्यक्त गर्दै यस संकटलाई चीनले शीघ्र समाधान हुने र तत्पश्चात चिनियाँ पर्यटकलाई स्वाग गर्न नेपाल तयार रहेको सन्देशमुलक श्रव्यदृश्य सामाग्री चिनियाँ भाषामा तयार गरी सात दिनभित्र चिनियाँ सञ्चार माध्यमहरू तथा चीनमा रहेका नेपाली नियोग मार्फत सम्प्रेषण गर्ने व्यवस्था मिलाउने।’

चीन कोरानाबाट आक्रान्त रहेको समयमा भोलिका दिनमा तिमीहरूलाइ स्वागत गर्न तयार छौँ वा आँतुर छौँ भनेर आजकै दिनमा प्रचार गर्नुपर्ने आपत पर्यटन मन्त्रालयलाइ किन आइलाग्यो होला रु नेपाल आफैँ चीनबाट ल्याएका आफ्ना नागरिकलाइ भक्तपुरमा क्वारेन्टाइन बनाएर राखिरहेको अवस्था छ । यस्तो अवस्थामा त्यो पनि चीनमै पर्यटन प्रवर्द्धन गर्ने सरकारको तयारी साच्चै उचित होला र ? नेपालीले पीडामा परेका विदेशी नागरिकका सामून्ने गएरमात्रै आफ्नो प्रवर्द्धन गर्नु पर्ने हो ? भन्ने जस्ता प्रश्नहरू स्वभाविक रूपमा जन्मिएका छन ।
यतिखेर पर्यटन मन्त्रालयले चिनिया पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देशमुलक सामग्री तयार गरी चिनिया सञ्चार माध्यमहरुबाट प्रचार गरेर देशले नेपालका लागि के फाइदा देला । जबकी चीन आफैँले आफ्ना नागरिकलाइ अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन समेत सचेत गर्दै आएको छ । यही अवस्थामा नेपाल कोरानामुक्त भन्ने सन्देश चीनमा दिएर अहिले नेपालले के प्राप्त गर्ला ? वा के प्रभाव पर्ला त्यो बारेमा मन्त्री र मन्त्रालयका अधिकारीले सोचेको देखिएन ।
मन्त्रालयको विज्ञप्ति तल पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 12:04









