३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

ग्लोवल बैंकका ग्राहक र तीनका परिवारलार्इ नर्भिक अस्पतालको उपचार सेवामा १० प्रतिशत छुट

२८ वैशाख, काठमाडाैँ । ग्लोबल आइएमई बैंकका प्रिभिलेज्ड कस्टुमर क्रेडिट कार्ड लिएका ग्राहक तथा उनका परिवार र कर्मचारी तथा उनका परिवारले नर्भिक अस्पतालमा स्वास्थ्य उपचार गराउँदा पाँचदेखि १० प्रतिशत छुट पाउने भएका छन । नर्भिक अस्पताल र बैंकबीच स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौंतामा हस्ताक्षर भएको छ ।

सम्झौंतामा बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन विभाग प्रमुख गणेश अवस्थी र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन । सम्झौंता अनुसार अस्पतालले दिने प्याथालोजी, सिटी स्क्यान, एमआईआर, रेडियोलोजी, कार्डिग नन इन्भ्यासिभ एक्जामिनेशन, सर्जिकल, म्यामोग्राम सेवामा १० प्रतिशत छुट पाउने उल्लेख गरिएको छ । सम्झौंता अनुसार बेड चार्जमा पाँच प्रतिशत छुट पाउने उल्लेख छ ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ०७:३४