११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कांग्रेसको प्रश्नः माधव नेपाल निर्णय गर्ने, विष्णु पाैडेल सिरानिमुनी लालपुर्जा राख्ने, मुद्दा गच्छदारलाई ?

२२ माघ, काठमाडाैँ । नेपाली कांग्रेसले अख्तियार दुरूिपयोग अनुसन्धान अायाेगको नियतमा शंका व्यक्त गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साँझ ट्वीट गर्दै नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नीतिगत निर्णय गर्ने, नेकपाकै महासचिव एवं पूर्वमन्त्री विष्णु पाैडेलले सरकारी जग्गाको लालपुर्जा सिरानीमुनी राखेर बस्ने तर मुद्दा चाहिँ कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री बिजय गच्छदारलाइ मात्र लाग्ने भन्दै प्रश्न गरेका छन ।

उनले यस्तो लेखेका छन ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई ! `एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्- All animals are equal, but some are more equal than others.’ अख्तियारले बुधबारमात्रै कांग्रेस उपसभापतिसहित १७५ जनाविरूद्ध ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : February 5, 2020 at 9:40 pm