४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कोरोनाभाइरसकाे संक्रमणमा परेका बिरामीहरुलाई उपचार गर्ने डाक्टर र नर्सले जब मास्क खोल्छन्…


१९ माघ, काठमाडौँ । चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणले अहिले विश्व त्रसित छ । यो भाइरससँग जुध्न चीनले आफ्नो पूरै सामर्थ्य लगाएको छ । कोरोनाभाइरसको संक्रमणमा परेका बिरामीहरुलाई उपचार गर्न खटिएका डाक्टरहरुको स्थिति युद्धमा खटिएका सिपाहीको जस्तै छ ।

स्वास प्रस्वासबाट फैलिने भएकोले यो भाइरसकाे उपचारमा संलग्न डाक्टरहरुले अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ । यसको उपचारमा संलग्न एक डाक्टरले समेत संक्रमणका कारण ज्यान गुमाइसकेको अवस्थामा डाक्टरहरु निकै सचेत छन् । उनीहरुले सकेसम्म उच्च गुणस्तरको मास्क लगाइरहेका छन् । यसैबीच चीनको सरकारी मिडिया पिपुल्स डेलीले ट्वीटरमा शेयर गरेका केही फोटोहरु निकै भाइरल भइरहेका छन् ।

ट्वीटरमा शेयर गरिएका फोटोहरु कोरोनाभाइरसको उपचारमा संलग्न डाक्टर तथा नर्सहरुको हो जुन तस्वीर उनीहरुले लगातार उपचारको काम गरेपछि केही समय पाएको ब्रेकमा मास्क खोल्दा खिचिएका हुन् । उनीहरुले उपचारको क्रममा कति लामो समयसम्म मास्क लगाउनुपर्छ भन्ने यी तस्वीरले देखाउँछन् । मास्कका कारण उनहिरुको अनुहारमा घाउ नै भएको फोटोमा देखिन्छ । वुहानमा उपचार गरिरहेका डाक्टर र नर्सहरूले ब्रेकको समयमा मास्क खोल्दा उनीहरूको अनुहारमा मास्कको छाप बसेको देखिन्छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार १२:४६