३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

धादिङमा मिनीट्रक दुर्घटना, ६ जनाको मृत्यु

७ माघ, धादिङ । ज्वालमुखी गाउँपालीकाको ढोलामाण्डीबाटनीलकण्ठ नगरपालीकाको भुलभुलेतर्फ आउदै गरेको ग १ ख ८०१२ नम्वरको आईचर ट्रक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २५ भन्दा धेरै यात्रुहरु घाईते भएका छन् । सो ट्रकमा चालीस भन्दा धेरै यात्रु सवार रहेको खुलेको छ ।

आज मंगलवार पुजा लाग्ने मण्डली माईको पुजा सकेर फर्केकाहरु नीलकण्ठ नगरपालीका स्थित मैदीभञ्ज्याङ्ग भन्ने ठाँउमा दुर्घटनामा परेका हुन् । ट्रक सडकमा नै पल्टीएको छ । दुर्त गतिका कारण सवारी दुर्घटना भएको हुन सक्ने अनुमान दुर्घटनाग्रस्त ट्रकमा सवार घाईते हरूले बताएका छन् ।

दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको छ भने घाईते भएकाहरुलाई धादिङ अस्पतालमा उपचारका लागी ल्याईएको छ । सख्त घाईतेहरुलाई थप उपचारका लागी काठमाडाैँ लैजाने तयारी भई रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : January 21, 2020 at 5:29 pm