३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सोनाम ल्होसारकाे अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा

७ माघ, काठमाडौँ । सोनाम ल्होसार पर्वको अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ। गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तामाङहरूको ठूलो चाड सोनाम ल्होसार बागमती प्रदेशको एक प्रमुख पर्व भएकाले सो दिन सार्वजनिक बिदा दिन लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : January 21, 2020 at 4:40 pm