३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पानोरमा रिसोर्टमा अचेत भेटिएकामध्ये १ जना पर्यटककाे मृत्यु, ५ जनालाई काठमाडाैँ ल्याइयाे

७ माघ, काठमाडाैँ । उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा सुतेका भारतीय नागरिकको मृत्यु भएको छ भने ७ जना बेहोस भएका छन्। थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए।

‘एक जनाको मृत्यु भइसकेको छ। पाँच जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ,’ प्रहरी निरीक्षक ललन कुर्मीले बताए ।मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले उनीहरू ग्यास हिटर बालेर सुतेको र भेन्टिलेसन पनि नभएकाले निसास्सिएको बताए।

१५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए। एक कोठामा ८ र अर्कोमा ७ जना सुतेका थिए। अर्को कोठामा रहेका भारतीयलाई भने केही भएको छैन। काठमाडौँ ल्याइएका ५ जनाको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : January 21, 2020 at 12:00 pm