३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

७ माघ, सर्लाही । सर्लाही ब्रह्मपुरीबाट प्रहरीले बेवारिसे अवस्थामा मयूरका पखेटा बरामद गरेको छ । ब्रह्मपुरी गाउँपालिका ५, सखुवाबाट बेवारिसे अवस्थामा छाडिएका तीन पोका मयूरका पखेटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकी पर्साको टोलीले गस्ती गर्ने क्रममा आइतबार साँझ बेवारिसे अवस्थामा पखेटा बरामद गरेको जनाइएको छ । डिभिजन वन कार्यालयसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उक्त पखेटा भारततर्फ तस्करी गर्न खोजे पनि सीमा पार गराउन नसक्ने भएपछि बेवारिसे अवस्थामा छाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । बरामद गरिएका मयूरका पखेटाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस

प्रकाशित मिति : January 21, 2020 at 7:54 am