सडक ढाकेर रोकिएको प्रहरीकै गाडीमा ट्राफिक प्रहरीले लगाइदियो ह्विल लक
६ माघ, काठमाडाैँ । ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । ट्राफिक प्रहरीले अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो । सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् ।

सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको महाशाखाका महाशाखा प्रमुख भीम ढकालले जानकारी दिए । गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको उनले बताए । ‘नियम मिच्ने जुनसुकै गाडीलाई कारबाहीको दायरा ल्याइन्छ,’ प्रमुख ढकालले भने ।
प्रकाशित मिति : January 20, 2020 at 2:55 pm









