२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

नेपाल बैंक लिमिटेडका ७५ प्रतिशत सेयरधनीले लाभांश पाए

६ माघ, काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६० औँ वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत लाभांश ७५ प्रतिशतल सेयरी धनीले प्राप्त गरेका छन । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले दैनिकीसँग कुरा गर्दै वार्षिक साधारणसभाबा पारित भएको २५ प्रतिशत लाभांश आइतबारसम्म ७० प्रतिशत सेयरधनीले पाएका छन ।

साधारणसभाले बैंकको शेयरधनीलाई १० प्रतिशत नगद र १५ प्रतिशत बोनस गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने रु .९८,११,१४,८०० (अक्षेरुपी अन्ठानब्बे करोड एघार लाख चौध हजार आठ सय) नगद लाभांश (लाभांश कर समेत) र चुक्तापूँजीको १५ प्रतिशतका दरले हुन आउने रु.१,४७,१६,७२,२०० (अक्षेरुपी एक अर्ब सत्चालिस करोड सोह्र लाख बहत्तर हजार दुई सय) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको थियो।

बैंकले दुई दशकपछि सेयरधनीलाई लाभांश वितरण गरेपछि सेयरधनीमा पनि उत्साह देखिएको छ । देशकै पहिलो बैंक  पछिल्लो समय तीव्र रुपमा सुधारकाे बाटोमा रहेको छ ।

प्रकाशित मिति : January 20, 2020 at 12:08 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/